About Contact Links
Close
बिज्ञापन
स्याँडा गाउँमा तीन सय ६५ जना रुघाखोकीका बिरामी

नरजन तामाङ्ग, हुम्ला बिहिबार, माघ २३, २०७६ मा प्रकाशित

सिमकोट ८ स्याडा गाउँका तीन सय ६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी देखा परेका छन् । सिमकोटबाट ८ कोष टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामी हुँदा पनि सरोकारवाला निकाय मौन भएको स्थानीयले बताएका छन् ।

बिरामीहरूमा पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्य चौकीका सिनियर अहेब अर्जुन कार्कीले बताए ।

‘स्वास्थ्य चौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । उनले भने, ‘गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो । तर, गाउँभरी नै बिरामी थला परेकाले अहिले समस्या भएको बताए । गाउँमा वृद्धवृद्धा बालबालिका बिरामी परेको समयमा यसको उपचार गर्न नसके यसले ठूलो रुप लिनसक्ने स्थानियवासी नुर्बू बुढाले जानाकारी दिए ।

स्याडामा गाउँमा मौषमी रुगाखोकी फैलिएर बिरामी बढेको कुनै जानकारी तथा खबर नभएको जिल्ला अस्पताल नर्सिङ ईन्चार्ज सरिता बोहोराले बताईन्।  हुम्लामा मौषमी रुगाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७