१६ चैत्र २०८०, शुक्रबार

२० घण्टा पछि सुत्केरीको उद्धार

Khabarsabaiko शनिबार, माघ २५, २०७६

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाट सुत्केरी व्यथा लागेका एक जना महिलाको नेपाली सेनाको हेलिकप्टरु मर्फत २० घण्टा पछि आज उद्धार गरिएको छ । बिहीबार दिउसोबाट सुत्केरीले लागेकी ती महिलाको जिल्लामा खबर आउने बित्तिकै संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट आएको हेलिकोप्टर उद्दार गरेको हो ।

लामो समय बिग्रीएर बन्द रहेको लिमीको सिडिएमए सेवा केही दिन अगाडि सञ्चालनमा आएको र सोही सेवाबाट जिल्लामा खबर गर्दा ब्यथा लागेको पछिल्लो दिन हेलिकोप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान आंङ्दिन तामाङले बताउनुभयो ।लामो समय ब्यथा लागेर सुत्केरी हुन नसकेपछि बिरामी कठिन अवस्थामा भएको जनाए ।

सुत्केरी व्‍यथा लागेकी नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमाल पारीको गाउँका रुपमा चिनिएको लिमी गाउँकी वर्ष ३५ की याङ्जीन तामाङको हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले बताउनुभयो ।

व्‍यथा लागेको बीस घण्टापछि उनको उद्दार गरिएको हो । उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । सुत्केरी उद्दार गरेको हेलिकोप्टर खर्च संघीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट ब्यहोरिने प्रजिअ भट्टराईले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्