१६ चैत्र २०८०, शुक्रबार

प्रेस युनियन हुम्लाले पुर्णता पायो अध्यक्षमा राज शाही

Khabarsabaiko बिहिबार, फाल्गुण ०१, २०७६

नेपाल प्रेस युनियन हुम्लाले नयाँ कार्य समिती सर्वसम्मत रुपमा चयन गर्दै पुर्णता पाएको छ । युनियनको तेस्रो जिल्ला अधिवेसनले राज शाहीको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको हो ।

दुई दिन सम्म चलेको युनियनको जिल्ला अधिवेशने नयाँ नेतृत्व पाएको हो । जसमा अध्यक्ष राज शाही, उपाध्यक्ष छपाल लामा, सचिव रत्न भण्डारी, कोषाध्यक्षमा अजय बस्नेत, सहसचिवमा लोग भण्डारी, सर्वसम्मत चयन भएको जानकारी प्राप्त भएको छ ।

त्यसै गरि सदस्यमा श्यामजोर ऐडी, दलसरा परियार, जनक शाही, श्यामजोर लामा चयन भएका छन् । प्रेस युनियनको आगामी चैत्र २१ र २२ गते नेपालगंजमा हुने केन्द्रीय अधिवेशनका लागि १५ जना प्रतिनिधिहरु पनि चयन गरेको युनियनका नयाँ निर्वाचित अध्यक्ष शाहीले बताए ।

त्यसै गरि अधिवेशनले प्रदेश प्रतिनिधिहरु पनि चयन गरेको छ । युनियनको जिल्ला अधिवेशन घोषणा कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष राजन रावतले गरेका थिए।

####प्रेस युनियन

यहाँ कमेन्ट गर्नुहोस्