१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय

Khabarsabaiko मंगलबार, फाल्गुण ०६, २०७६

राज शाही फागुन ६ हुम्ला

हुम्लाले ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा मनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी विनिता भट्टराइको अध्यक्षतामा ६ गते बसेको वैठकले  प्रजातन्त्र दिवस  भव्यताका साथ मनाउने निर्णय गरेको हाे । प्रजातन्त्र दिवसको मुख्य दिन फागुन ७ गते भए पनि उक्त दिवसलाई सरकारले महत्वपुर्ण चाडका रुपमा हेरेकाले यसलाई ३ दिन सम्म मनाउने निर्णय गरिएको छ ।

सहिदहरुको बलिदानले प्राप्त यो दिवसको पहिलो दिन ६ गते जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालय संगै स्थानियका घर घरमा साँझ दिपाली गरि मानाउने निर्णय गरेको छ । भने प्रजातन्त्र प्राप्तीको मुख्य दिन फागुन ७ गते विहान ८ वजे सिमकोटमा  जिल्ला प्रशासन बाट प्रभातफेरी सुरू गरेर लोकतान्त्रीक चोकमा कोण सभामा गर्ने बताइएको छ ।

कोण सभा पश्तात् तेस्राे दिन सिमकोट बजारवासीले अा अाफ्नो घर आगन सफा गरेर मानाउने निर्णय गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा मुल समारोह समिति गठन गरी जिल्ला मा स्थापित सरकारी तथा गैर सरकारी कार्यालय सुरक्षा निकाय राजनैतिक दल स्थानिय जनप्रतिनिधि सदस्यको रुपमा रहने निर्णय गरिएको छ ।

बैठकमा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा नेकपाका जिल्ला कमिटी सदस्य छक्कबहादुर रोकाया समाजवादीपाटीका धर्मराज बोहोरा सिमकोट गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जि लगाएतका सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि सुरक्षाकर्मीका प्रमुखको उपस्थित रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्