Khabarsabaiko आइतबार, फाल्गुण २५, २०७६
नन्द सिंह
हिमाली जिल्ला हुम्लामा पुन भारी हिमपमत भएको छ । हिमपातले सिमकोटको तापक्रम माईनस ५ मा झरेको छ । तर यस पटकको हिमपातले जेठमा पाक्ने जेठासी बाली उवा, गँहु, जौ लार्इ विशेष फाइदा हुने हुदा कृषकहरु उत्साहित भएका छन् । साथै स्याउ, ओखर, लगायतका विरुवा लगाउने यो समयमा हिमपातले किसानलाई राहत समेत मिल्ने भएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए ।
जिल्लामा यो पटक गरेर ११ औँ पटक हिमपात भएको हो । शुक्रबार साँझ देखि निरन्तर परेको हिमपातले हुम्लामा अत्याधिक चिसो बढेको छ ।
जिल्लामा हिमपात हुदा जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्रहरु सेताम्य भएका छन् । सिमकोटेखि खार्पुनाथ सम्मको करीव ११ किलो मिटरमा आवत जावत गर्ने बोलेरो जिप पनि हिमपातका कारण थन्किनु परेको छ । हुम्लामा फागुन ४ गतेबाट नयाँ शैक्षिकसत्र शूरु भए पनि हिमपातका कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको देखिन्छ ।
हिमपातका फाेटोहरूः