२८ भाद्र २०८१, शुक्रबार

सिमकोट बिमानस्थलमा हेल्थ डेस्क स्थापना

Khabarsabaiko सोमबार, फाल्गुण २६, २०७६

कोरोनाको संक्रमणबाट जोगिन लागि हुम्लाको सिमकोट बिमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी देश चीनबाट शुुरु भएको कोरोना कोभिड–१९ को संक्रमणबाट जोगिन सोमबारबाट सिमकोट बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरीएको हो ।

सोमबार बिहान ८ बजे हुम्लाका प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको स्वास्थ्य चेकजाँच गरेर कोरोना भाईरस परामर्श केन्द्रको सुभारम्भ गरिएको हो । विश्वमा नै त्रास फैलाई रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सिमकोट विमानस्थलमा स्वास्थ्य सेवा कार्यालय र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको संयुक्त आयोजनामा हेल्थ डेस्क स्थापना गरिएको हो ।

नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रिने र सिमकोटबाट नेपालगंज र सुर्खेत बाहिरीने सबै यात्रुहरुको परामर्स केन्द्रमा खटिएका स्वास्थ्यकर्मिले स्वास्थ्य परीक्षण गरेर पठाउने गरेको जिल्ला अस्पताल हुम्लाका डाक्टर नबिन रोकायाले बताए । कोरोनाको संक्रमणबाट जोगिन सिमकोट बिमानस्थलमा स्थापना गरीएको हेल्थ डेस्कमा स्वास्थ्य जाँचका लागि उपकरणसहित दूई जना स्वास्थ्यकर्मी दैनिक रुपमा परिचालन गरी यात्रुहरुको ज्वरो र रुघाखोखीको चेकजाँच हुने भएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्