Khabarsabaiko बिहिबार, चैत्र ०६, २०७६
सिमकोट गाउँपालिका– ५ अन्र्तगत पर्ने सडकका बारेमा स्थानीयले विरोध गरेपछि राष्ट्रिय गौरवको आयोजना अन्तरर्गतको कर्णाली करिडोरको खार्पु सिमकोटको साढे १२ किलोमिटर सडक निर्माण कार्य रोकिएको छ । सडक निर्माण गर्दा आफुहरुलाई पाएक नपरेको र ९५ प्रतिशत जग्गा नोक्सानी भएको भन्दै चैत ६ गते सिमकोट गाउँपालिका–५ र ४ का स्थानीयले विचबाटोमा पर्खाल लगाएर सडक अपरुद्ध गरेका छन् । सो सडकलाई एक महिना अगाडी देखिनै रोकेता पनि आज स्थानीयको एक्केबद्धतामा विच बाटोमा पर्खाल लगाएर धर्ना समेत गरेका देखिन्छन ।
आफ्नो खानी जिउनी यही हो । सरकारले क्षेतिर्पुति केही नदिएको भन्दै स्थानीयले सडक निर्माण भईरहेको क्षेत्र ठ्याले चौरमा पुगेर सढक निर्माण रोकि रहेका छन् । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका ३ सय १ घरधुरीका सबै व्यक्तिहरु गएर सडक निर्माण भई रहेको क्षेत्रमा बाध बनाउँदै निर्माण कार्य अगाडी बढ्न नदिने चेतवानी समेत दिएका छन् । आफुहरुले विरोध गरेको सडक निर्माण कार्य अगाडी बढेमा यसले उग्रह रुप लिने पनि बताएका छन् ।
वडा ५ का अगुवा तथा स्थानी गोरा रावत भन्नु हुन्छ हामी विकास विरोधी होईनौँ विकास प्रेमी हौँ तर राज्यले दुई चार जना अगुवा व्यक्तिहरुको नेतृत्वमा निमुखा जनताको भविष्यमाथि लुडतन्त्र चलि रहेको र खेलवाड गरि रहेको देखिएको गुनासो छ ।
त्यस्तै कर्णाली करीडोरको बाटो हिल्सा सिमकोट आयोजनाले बास्तवमा स्थलगत रुपमा डिपिआर गर्नु पर्ने हो त्यस्को सही ढङगले नगरेर आफ्नो मनोमानित तरिकाले र गुगोलका आधारले बाटो निर्माण गरेको अर्का स्थानीय डवल रावतले आरोप लगाउनु भएको छ ।
यो सडकलाई रोक्ने र विवादित गर्ने काम हामीले गराएका हैइनौँ राज्य पक्षेले नै गराएको हो, किने भने हामी सर्वसाधारण जनतालाई, डिपिआर कतिखेर, कहिले र काहाँ गरिएको हो र कसैलाई पनि जानकारी नै नगराएर विना सहमतिमा डिपिआर बनाउँदा यसको विरोधिमा उत्रिएको स्थानीय अगुवा महिला सुसिला रोकायाको भनाई छ ।
हामी यो किासका पक्षधर हौँ । विकास जनताका लागि हो, विकास जनताका मनोवल बुझेर मात्र विकास हुनु पर्छ हाम्रो माग हो अर्का स्थानीय कैलाश रोकायाले बताउनु भयो ।
यसैका बारेमा हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख शसांक मिश्रसंग बुझ्दा सडकको डिपिआरको बाटोलाई स्थानीयले उचालेर चरम विरोध गरे पनि स्थानीयको जग्गामा क्षेति नै नभएको दावी गर्नु भएको छ । उहाले भन्नु भयो अव स्थानीयले विरोध गरेर केही हुनेवाला छैन तै पनि केशी दिन सडक खन्न रोकेर हामी सल्लाहा गरि रहेका छौँ प्रमुख मिश्रको भनाई छ ।
तयस्तै नेपाल सरकारले मुल्याकन गरेर सडकको डिपिआर गरि निर्माण भएको तर सडक निर्माण गर्दा जग्गा नगएर विकास हुन नसक्ने प्रमुख जिल्ला अिधकारी विनीता भट्टराईको भनाई छ ।
वडा नं. ५ का अध्यक्ष कृष्ण बोहराका अनुसार आफ्ना वडाका नागरीकको ९५ प्रतिशत जग्गामा क्षेति भएको छ सडक निर्माण हुँदा वडा ५ लाई छुनु पर्ने दावी गर्नु हुन्छ ।
हिल्सा सडक विभाग हुम्ला र ठेकेदारले आफु खुसि सडक निर्माण गरेको भन्दै विरोध जनाएका छन् । सडक विस्तार गर्न सहमति गराउनका लागी दुई पटक जिल्ला प्रशासनमा वार्ता गरेपनि कुनै ठोस निर्णय निस्कन नसकेको हो । कर्णाली करिडोर अन्तरगर्त खार्पु देखि सिमकोट सम्म निर्माणको जिम्बा अंक कबेन्द्र माउण्टेन जेभि कन्टक्सनले लिएको थियो । खार्पु सिमकोटको साढे १२ किलोमिटर सडक असार मसान्त सम्म विस्तार गरिसक्नु पर्ने भएपनि स्थानीयको विरोध पछि सडक निर्माण रोकिएको छ ।