Khabarsabaiko मंगलबार, चैत्र ११, २०७६
हुम्ला–कोरोना भाइरसको संक्रमण नफैलियोस भन्दै हुम्लाका दुई गाउँका स्थानीय बासिन्दाहरुले सामुहिक रुमा बोकाको बलि दिएका छन् । देश भरी कोरोना भाइरसको त्रास फैदिएको बेला हुम्लामा आफनो गाउँमा कोरोना भाइरसको संक्रमण नभित्रियोस भन्दै कामना गरी गाउँलेहरुले बोका बली दिई देउताको पुजा गरेका हुन् ।
सिमकोट गाउँपालिका वडा नम्बर ५ र ६ का प्रत्येक घरधुरी मिलेर १५ हजार रकम उठाएर बोका किनेर बली दिएका छन् । हरेक घरधुरीले आ आफना तर्फबाट विभिन्न रंगको धज्जा पनि बाँधेका स्थानीयको भनाई छ ।
यस्तो गरी देउताको पुजा गरेपछि गाउँमा नयाँ रोगव्याधी नआउने विश्वास रहदै आएको छ । सिमकोट गाउँपालिका ५का ३ सय १४ घरधुरी र ६ का २ सय ८९ घरधुरी रहेका छन् ।
यहाँ कमेन्ट गर्नुहोस्