१६ चैत्र २०८०, शुक्रबार

निकासा भएको ३ महिना सम्म पाएनन् सामाजिक सुरक्षा भत्ता

Khabarsabaiko मंगलबार, चैत्र ११, २०७६

श्रीनगर–हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाले निकासा लिएको ३ महिना सम्म पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छैन् ।  कार्तिक महिनामा वितरण हुनुपर्ने सामाजिक सुरक्षामहिनादेखि पुषमा निकास भएपनि वितरण नभएको हो ।
जेष्ठ नागरिक एकल महिला,अपाङ्गता,बालबालिकाहरु सामाजिक सुरक्षा भत्ता नपाएको अदानचुली गाँउपालिका २ स्थानीय लाल्य बुढाले गुनासो गरे । गाउँपालिकाले कहिले पार्टीका बैठक भन्छन कहिले आफनो काम छ भन्दै नौ महिना सम्म नदिएको बुढाले आक्रोश व्यक्त गरेका छन् ।

एक चौमासिक बितिसक्दा समेत जेष्ठ नागरिक, एकल महिला,अपाङ्गता,बालबालिकाको भत्ता नपाएको अदानचुली गाउँपालिका स्थानीयहरुको दुखेसो उस्तै गरेको छ ।
यता अदानचुली गाउँपालिकाले भने यो कहिले कार्यकारीको बुबा बिरामी त कहिले लेखापाल बिरामी गदै आएको छ ।

वृद्धवृद्धाहरूले भने समयमै भत्ता नपाएपछि सामाजिक सुरक्षा बापतको रकम नपाइने हो कि भन्ने गुनासो गर्न थालेका छन् । अदानचुली गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत टकदत्त प्याकुरेलका अनुसार रकम निकास पुष महिना आएर ढिलो भएको बताए ।

रकम निकासा भएपछि बुबा बिरामी भएर काठमाडौ गएपछि ढिलाई भएको स्वीकार गरेका छन् । उनले भने अब केही दिनबाट भत्ता वितरण गर्न निमित्त प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलको भनाई रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्