०१ कार्तिक २०७८, सोमबार

१० रुपैयाँले घट्यो डिजेल-पेट्रोलको मूल्य

Khabarsabaiko बुधबार, चैत्र १९, २०७६

नेपाल आयल निगम लिमिटेडले डिजेल-पेट्रोलको मूल्य १० रुपैयाँले घटाएको छ । कोरोनाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा  गिरावट आएपछि  पेट्रोलियम पदार्थको मूल्य घटेको हो ।

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्