१६ चैत्र २०८०, शुक्रबार

भोक भन्दा पनि रोग भित्रिन सक्ने भन्दै हुम्लाका केही युवाले  खाद्यान्न ढुवानी बन्दको माग

Khabarsabaiko शुक्रबार, चैत्र २१, २०७६

हुम्लाको सिमकोटमा हवाई यातायातबाट खाद्यान्न ढुवानीले भोक समस्या हटाउनु भन्दा पनि रोग भित्रिन सक्ने भन्दै हुम्लाका केही युवाले  खाद्यान्न ढुवानी बन्दको माग सहित ज्ञापनपत्र पेश गरेका छन् ।  ६ जना युवाको समुहले तत्काल हवाई यातायात बन्द गर्न जिल्ला प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र पेश गरेका हुन् ।
कोरोनाको सम्भावित संक्रमणबाट जोगिनका लागि देशभर लकडाउन जारी रहेका बेला हुम्लामा खाद्यान्न ढुवानी गर्ने नाममा हवाई जहाजहरु निर्बाध रुपमा चलेकोले त्यसलाई तत्काल रोकेर जिल्लामा संक्रमण भित्रिन नदिनका लागि आज ज्ञापनपत्र पेश गरेको युवा रबिन कुमार बस्नेतले बताए ।
जिल्लाबासी भोकले भन्दापनि रोगले मरिन्छ कि भन्ने डर त्रास पैदा भएको हुनाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको  प्रताप लामाले बताउनु भयो । ज्ञापन पत्रलाई केन्द्रको आपुर्ती मन्त्रालयसम्म पठाउने प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको भनाई छ । उक्त ज्ञापनपत्र सिमकोट गाउँपालिका लाइ पनि बुझाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्