०२ जेठ २०७९, सोमबार

कोरोना भाइरसका थप तीन संक्रमित फेला परे

Khabarsabaiko शनिबार, चैत्र २२, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोना भाइरसको संक्रमण फेला परेको जनाएको हो । नेपालमा अब संक्रमितको संख्या ९ पुगेको छ ।

पछिल्लो जानकारी अनुसार भारतको मुम्बइबाट आएका कैलालीका २१ वर्षीय एक पुरुष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीया महिलामा कोराना संक्रमण भएको पुष्टि भएको छ । ती महिला यसअघि संक्रमित भेटिएका पुरुषको आफन्त रहेको मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्