Khabarsabaiko मंगलबार, चैत्र २५, २०७६
हुम्लाका स्थानीयतहले यतिखेर कोरोना नभित्रिवस् भन्दै स्वास्थ्यकर्मीलाई समेत एक गाउँबाट अर्को गाउँमा प्रबेसमा रोक लगाएका छन् । गाउँबासीले संभाबित कोरोना भित्रिने जोखिम घटाउनका लागि पालिकामा रहेका स्वास्थ्यकर्मीहरुलाई गाउँ प्रबेशमा रोक लगाएका हुन ।
खार्पुनाथ गाउँपालिकाको–५ का गाउँबासीले पालिकाको स्वास्थ्य शाखामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमा आउन प्रबेश निशेध गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनु भयो । उहाँले भन्नु भयो जनताका लागि यस्तो कार्य गरेमा उत्तम उपाय हुने र बाध्यता भएको बताउदै जे गरे कोरोना बिरुद्ध गरे राम्रै हुने भन्नु हुन्छ ।
उता गाउँपालिकाको स्वास्थ्य शाखाका काम गर्ने स्वास्थ्यकर्मीहरुलाई गाउँमै प्रवेस गर्न नदिएपछि पालिकामै बसेर काम गरि रहेको स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले जानकारी गर्नु भयो ।
यसरी पालिकामा काम गर्ने छ जना मध्य तीन जना घर जाने र तीन जना पालिकामै बस्ने उनको भनाई छ । वडामा रहेका स्वास्थ्यकर्मीहरु भने गाउँमा बसेका छन् । उक्त पालिकाका पाँच वटै वडाहरुले गाउँ प्रबेशमा निक्कै कडिकडाउ पारेका छ ।