०१ कार्तिक २०८१, बिहिबार

खाद्य संस्थान डिपो श्रीनगरमा कुहेको चामल भेटियोः विक्रिवितरण नगर्न आग्रह

Khabarsabaiko मंगलबार, चैत्र २५, २०७६

नेपाल खाद्य संस्थान डिपो श्रीनगरले कुहेको चामल विक्रि गरिरहेको जनगुनासो आएपछि श्रीनगर डिपोमा अदानचुली गाउँपलिका अध्यक्ष दल फडेराले अनुगमन गरेका छन् ।अध्यक्ष फेडेरालको अनुगमनका क्रममा खान अयोग्य कुहिएको चामल संस्थानको डिपोले वितिरण गरिरहेको पाएपछि आपत्ति प्रकट गर्दै कुहिएको चामल विक्रिवितरण नगर्न आग्रह गरेका छन्।

खाद्य डिपोको तिन गोदाममा ३५ बोरा कुहिएको पाएपछि सो बोरा चामल छुट्टै राखेर विक्रिवितरण नगर्न निर्देशन दिएका छन् । खाद्य संकट हुननदिन सरकारले स्थानको डिपो स्थापना गरेको हो,’ अध्यक्ष फडेराले भने, ‘तर त्यसको उल्टो संस्थानका डिपोमार्फत कुहेका खान अयोग्य चामलको विक्रि वितरण गरेर नागरिकको स्वास्थ्य खेलवाड गर्ने काम राम्रो नभएको जनाए ।’ तत्काल त्यस्तो चामल विक्रि वितरणमा रोक लगाउन आग्रह गर्दे अध्यक्ष फडेराले कुहेको चामल फिर्ता पठाउन वा नष्ट गर्न प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण गराएका छन् ।

डिपोमा हाल करिब १ सय ५० क्विण्टल चामल मध्ये ३५ बोरा चामल कुहिएको भेटिएको डिपो प्रमुख रामृष्ण नन्दन सिंहले जानकारी दिए।अनुगमन गाउँपालिका अध्यक्ष नेतृत्वमा वडाध्यक्ष र पालिका कर्मचारी गरेर ५ जनाको टिम रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्