Khabarsabaiko मंगलबार, चैत्र २५, २०७६
जिल्ला सदरमुकाम सिमकोटस्थित रानीवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका दशजना १४ दिनको बसाइपछि घर फर्किएका छन् । नेपालगन्ज, सुर्खेतलगायत सहरबाट मुगु जिल्लाको गमगडी हुँदै उनीहरू हुम्ला आएर क्वारेन्टाइनमा बसेका थिए ।
जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाका अनुसार उनीहरूलाई १४ दिनको अवधि पुगेपछि क्वारेन्टाइनबाट आज घर फर्काइएको हो । मुगु हुँदै हुम्ला प्रवेश गर्दा उनीहरूलाई बीचबीचमा हेल्थ डेक्समा चेकजाँच गरिएकोे र क्वारेन्टाइनमा बस्दा स्वास्थ्यमा केही समस्या नदेखिएपछि घर फर्काइएको डाक्टर रोकायाले बताए ।
क्वारेन्टाइनमा दशजना इमानदारपूर्वक १४ दिन बसेका हुन् । स्वास्थ्य चेकजाँच गरेर क्वारेन्टाइनबाट उनीहरूलाई घर फर्काइएको छ । जिल्लाका सातवटै स्थानीयमा आठ सय ६१ जना जिल्ला भित्रिए पनि हाल ७२ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।