१६ चैत्र २०८०, शुक्रबार

लकडाउनमा अलपत्र परेका हुम्लीको उद्धारको लागि पहल सुरु

Khabarsabaiko शुक्रबार, बैशाख १२, २०७७

नरजन तामाङ्ग, हुम्ला
हुम्ला, वैशाख १२

नेपालगञ्ज सुर्खेत,काठमाडौ लगायतका शहरहरुमा अध्ययन र उपचार गर्न गएका हुम्लीबासीहरुको उद्धारका लागि पहल सुरु भएको छ ।
बिहिबार प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईको संयोजकत्वमा बसेको सर्वदलिय बैठकले यस्तो निर्णय गरेको हो । नेपाल सरकारले कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन लकडाउन गरेपछि सयौ संख्यामा हुम्ली नेपालगञ्ज,सुर्खेत,काठमाडौ,बुटवल लगायतका शहरहरुका अलपत्र परेका छन् ।

अलपत्र हुम्लीको उद्धार नहुँदा ऋण भारी बोक्न बाध्य भएको गुनासो आउन थालेपछि उद्धारको लागि बिहिबार सर्वदलिय बैठक बसेर निर्णय गरेको छ ।

घर फर्किन नेपालगञ्ज सुर्खेत लगायतका शहर अलपत्र परेपछि सर्वदलिय बैठकले विद्यार्थी,बालबालिका,बिरामीलाई हवाई जहाज मार्फत उद्धार गर्न गृह मन्त्रालय,सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय,मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय कर्णाली प्रदेश आन्तरिक मार्मिला तथा कानुन मन्त्रालय र कर्णाली प्रदेश सुर्खेत अनुरोध गरेको छ ।

हवाई जहाज मार्फत उद्धार गरि ल्याइएका विद्यार्थी,बालबालिका र बिरामीलाई सम्बन्धित गाउँपालिकाको प्रमुख तथा वडाध्यक्षले जिम्मा लिई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । हवाई जहाजबाट उद्धार गर्दाको खर्च सम्बन्धित व्यक्तिले तिर्नपर्ने निर्णय गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्