२९ भाद्र २०८१, शनिबार

सुन्दर सिमकोटमा फोहोरको थुप्रोः गाउँपालिका भने मौन

Khabarsabaiko शुक्रबार, बैशाख १२, २०७७

नन्द सिंह, हुम्ला

हुम्लाको सिमकोट चरैतिर सुन्दर हिमालले मनलोभ्याउने दृष्य भएपनि हिजोआज बजार फोहोरै फोहरले भरिएको छ । गाउँपालिकाले व्यस्थापन समयमै नगर्दा सुन्दर बजारमा फोहोरै फोहोरले दुषित बनेको छ । सिमकोट बजारका मुख्यचौक,र बजार क्षेत्रमा व्यवस्थापन नगरेपछि दैनिक बजारको फोहोर थुप्रिएको छ ।

मुख्यचौक कालिञ्चोक,लोकतन्त्रचोक,काठेचुली लगायतका चोक र बजार क्षेत्रका नालाहरु फोहोरै फोहोर देखिन्छन् ।  सिमकोट गाउँपालिकाले समयमै फोहोर व्यवस्थापनमा ध्यान नदिदा बजारमा दैनिक फोहोर थुप्रिने गरेको स्थानीयहरुको गुनासो छ । सिमकोट गाउँपालिका बजार फोहोरले दुरगन्धित हुदा सम्म कुनै चिन्ता नदेखाएको स्थानीयहरुको आक्रोश छ । स्थानिय भन्छन् हामीले फोहोर व्यवस्थापनका लागि गाउँपालिकामा कर तिर्ने गरेको छौँ तर फोहोर व्यवस्थापनका विषयमा  गाउँपालिका माैन रहेकाे गुनासो छ।

यता सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा भन्छन डम्पीङ साइजमा ट्रक्याटर जान अप्ठायारो भएकोले ढिला भएको जानकारी दिएका छन् । अवको केही दिनबाट फोहर व्यस्थापन हुन्छ पानी परेर बाटोमा खोल्सा खाल्सी भएपछि ट्रक्याटरलाई जान अप्ठयारो भएर ढिलो भएको अध्यक्ष लामाले बताए । फोहोर समयमै व्यवस्थापन भएन भने सिमकोट बजारमै महामारी नफैलिएला भन्न सकिने अवस्था छैन । यस विषयमा सरोकारवाला निकायाहरुले बेलामै चासो देखाउन आवश्यक देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्