Khabarsabaiko शुक्रबार, बैशाख १२, २०७७
नरजन तामाङ
हुम्ला, वैशाख
हुम्ला लकडाउनको मौका छोपेर सदरमुकाम सिमकोटमा एकैदिन ६ वटा पसल चोरी भएको छ । लकडाउनले होटेल पसल बन्द भएपछि बिहिबार राति एकैदिन ६ वटा पसल चोरी भएको हो ।
सिमकोटको मुख्य चौक क्षेत्र पर्ने कालिचोक स्थित आदित्य जनरल स्टोरका दुईवटा पसल र पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा चोरी भएको छ । भने यस्तै गरी कालिचोककै एसपी जनरल स्टोर काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको ताला काटिएको छ ।
बजार सुरक्षाका लागि राखिएको सिसिटीभि पनि फुटाएको छ । सीसिटिभी फुटाउनु अगाडीको फुटेजमा चोरी गर्न आउने व्यक्ति मास्क लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
बजार क्षेत्रमै सुरक्षा प्रबन्ध प्रभाकारी नहुँदा चोरीको घटना बढदै गएको व्यापारीहरुले गुनासो गरेका छन् । पछिल्ला केही समय चोरीका घटना बढेसँगै सदरमुकाम सिमकोटमा सुरक्षाको चुनौती बढेको छ । मुख्यचोकमै रहेको आदित्य जनरल स्टोरका दुई वटा पसल एउटा ढोका फोडेको छ । भने अर्को पसलमा रहेको रक्सीहरु ब्लयाक लेवल,रेड लेबल,वल्ड दरबार जस्ता १६ वटा डाउन जेकेट १० ,१२ वटा जिन्स पाइन्ट, लिएको थाहा भए पनि अन्य के कति चोरी भएको छ त्यो एकिन हुन बाँकी रहेको आदित्ये जनरल स्टोरका रेशम महतले वताए ।
सदरमुकाम सिमकोटको सुरक्षा मजवुद भएको प्रहरीले दावि गरे पनि बजारमा सुरक्षा गस्ती नै नगरेको स्थानियले आरोप लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी नायब उपरिक्षकका अनुसार साहुहरुलाई बोलाएका छौ सामानको मुल्याङ्कन भएपछि मात्रै के कति चोरी भएको थाहा हुने बताए । बजार क्षेत्रनै सुरक्षा प्रभावकारी नहुँदा लकडाउनको समयमा चोरीका घटनाहरु बढदै गएका छन् ।