Khabarsabaiko आइतबार, बैशाख १४, २०७७
हुम्लाको सिमकोटमा दैनिक उपभोग्य सामानको मुल्यबृद्धि भएको छ । कोरोना कहरले बन्दाबन्दी जारी रहेको अबस्थामा पनि हुम्लामा दैनिक उपभोग्य सामानको मुल्यबृद्धि देखिएको हो । एकातिर एक महिनादेखि जिल्ला बाहिरबाट दैनिक उपभोग्य सामान भित्रिन नपाएको अबस्थामा ती सामानको अभाबका साथै मुल्य पनि बृद्धि भएको हो । होटेल मानसरोवरका सञ्चालक दन्त रावतले अचेल बजारमा दैनिक उपभोग्य सामानको मुल्यबृद्धि भएको बताएका छन् । उनले बजारमा खरिद गर्न जाँदा दैनिक उपभोग्य सामानको मुल्य १ सय देखि एक सय ५० रुपियाँसम्म मुल्यबृद्धि भएको बताएका हुन । बिशेष गरि बजारमा चिनी, मैदा, आटा साबुन, तेल र मसला लगाएतका दैनिक उपभोग्य सामानहरुको मुल्यबृद्धि गरिएको हो ।
बन्दाबन्दी सुरु भएको एक महिना भएको र यो अबधिमा दैनिक उपभोग्य सामानहरु हवाई मार्गबाट ढुवानी भएर आउन सकेको छैन । एकातिर सामानको अभाब देखिन थालेको छ भने अर्कोतर्फ भएको सामानको मुल्यबृद्धि हुदा उपभोक्ता मारमा परेका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले संघले बजारको अनुगमन गरि मुल्यबृद्धि गरेको भेटिए कारवाही गर्ने जनाएका छन् । कोरोना सक्रमणको मानिस त्रसित भएका बेला मुल्यबृद्धि गर्नु मानबीय भाबना नभएको संघले जनाएको छ । साथै जहाजले समान बोक्न नमान्ने र स्थानिय बजारमा सामानको अभाव हुँदा मुल्य बृद्दि भएको स्थानिय व्यापारिले जनाइका छन् ।