०३ कार्तिक २०८१, शनिबार

कर्णालीमा डुबेर एक युवा बेपत्ता

Khabarsabaiko बिहिबार, बैशाख १८, २०७७

कर्णाली नदीमा डुबेर हुम्लामा एक युवा मजदुर बेपत्ता भएका छन्। नुहाउन गएको वेला कर्णालीमा डुबेर मकवानपुर घर भएका २१ वर्षीय टसी बल बेपत्ता भएकाे प्रहरीले जनाएको छ। मकवानपुरको कैलाश गाउँपालिका– १० घर भएका बल नाम्खा गाउँपालिका– १ मा निर्माणाधीन सडकका मजदुर हुन्। च्याछरा भिरमा विस्फोटन गर्ने काममा उनी खटिँदै आएका थिए।

गएको मंगलबार नुहाउन गएको वेला उनी नदीमा डुबेर बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। बेपत्ता युवकको खोजी गर्न सुरक्षाकर्मी र स्थानीय परिचालित छन्। तीन दिनदेखि खोजी गरिरहे पनि उनलाई फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्