About Contact Links
Close
बिज्ञापन
रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

खबर सबैको, रोल्पा बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु भएको छ। बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्त कुमार वलिले जानकारी दिए । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका ७ का १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षीया बिमला डाँगी, ५ वर्षीय विजय खत्री १३ वर्षीय गौरव नेपाली रहेको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएपी गुरुङले जानकारि दिए । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले बाख्रा ग्वाला गएर फर्कने क्रममा भेट्टाएको र बम विस्फोट भएको हुन सक्ने प्रहरीले आशंका गरिएको छ ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७