०७ बैशाख २०८२, आइतबार

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

Khabarsabaiko शुक्रबार, बैशाख १९, २०७७

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार बाँके र रुपन्देहीमा १/१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको हो ।

रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । ‘हाल अध्यावधिक विवरणअनसार कोभिड–१९ पुष्टि भएको संख्या ५९ पुगेको छ । आज नयाँ पुष्टि भएको संख्या २ रहेको छ, उनले भने ‘रुपन्देही निवासी २५ वर्षीय पुरुष र र नेपालगंज बाँके निवासी ६० वर्षीय पुरुष हुनुहुन्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्