०३ जेठ २०७९, मंगलबार

हुम्ला ताग्री खोलामा वगेर ७ वर्षिया वालकको मृत्यु

Khabarsabaiko शनिबार, बैशाख २०, २०७७

ताग्री खोलामा वगेर ७ वर्षिया वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चंखेली गाउँ पालिका वडा नं ३ निवासी वर्ष ७ का प्रसान्त चौलागाइ रहेका छन् ।

शनिवार दिनको साढे बाह्र वजे चंखेली गाउँ पालिका वडा नं ३ कालाम बाडा नजिकै रहेको ताग्री खोलामा नुहाउन जाँदा बगेर बालकको मृत्यु भएको खवर प्राप्त भएको छ । वगे लगतै त्यहाँ स्थानियवासी सुरक्षाकर्मीले खोज तलास गर्दा वगेको ठाउँबाट ५ सय मिटर तल लास भेटिएको जानकारी प्राप्त भएको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्