०३ कार्तिक २०८१, शनिबार

बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएपछि

Khabarsabaiko आइतबार, बैशाख २१, २०७७

कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेमा १६ जना कोरोना संक्रमित भेटिएपछि कर्णाली कोरोनाको उच्च जोखिममा देखिएको छ । भारतसंग सिमाना जोडिएको नेपालगंजमा संक्रमितको संख्या बढिरहेको छ । भारतबाट पैदलै हिडेर हजारौंको संख्यामा कर्णालीका नागरिक घर फर्किएका छन् । उनीहरुको कुनै चेकजाँच गरिएको छैन । भारतबाट फर्किएका सबै नागरिकको कोरोना परीक्षण हुन सकेको छैन । पहिलो र दोस्रो लकडाउनमा पैदलै र उद्दार गरिएका सात हजारबढी नागरिक घर फर्किएको तथ्याङ्क प्रहरीसंग रहेको छ ।

कर्णालीमा ५५ सय जना नागरिकको मात्रै कोरोना परिक्षण गरिएको छ । किट अभाव हुँदा कर्णालीको कोरोना परीक्षण दुई सातादेखि अवरुद्ध हुन पुगेको छ । लकडाउनकै क्रममा देशभित्र र बाहिरबाट मात्रै एक साता अगाडी आठ हजार नागरिकलाई बबई नाका भएर कुनै परीक्षण नगरी घर फर्किकाईएको छ । यो संगै करिव १५ हजारबढी नागरिक घर फर्काइएको छ । उनीहरुको परीक्षण हुन सकेको छैन । तथ्याङ्क प्रस्ट नराखिएको हुँदा कोरोना परीक्षणमा अन्यौलता छाएको छ ।

नेपालगञ्जमा १६ जना संक्रमति
बाँकेको नेपालगञ्जमा आइतबार साँझ थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबारनै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । यो संगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।

नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १६ जना कोरोना संक्रमित भेटिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । १९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको सम्पर्कमा आएका परिवारका ७ सदस्य सहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये अहिलेसम्म १५ जनामा रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्