२३ मंसिर २०८०, शनिबार

लकडाउनमा अलपत्र हुम्ली नागरिक पहँचवालाको उद्धार, निमुखा नेपालगञ्ज र सुर्खेतमै अलपत्र

Khabarsabaiko मंगलबार, बैशाख २३, २०७७

विभिन्न ठाँउमा अलपत्र परेका हुम्लाका १२ सय नागरिक हवाई र स्थलमार्गबाट उद्धार गरिएको छ। गत वैशाख १८ देखिहाल सम्म १२ सय २३ जना हुम्ली नागरिकलाई स्थलमार्ग र हवाई माग हुदै उद्धार गरिएको छ।

पहुँचवाला नागरिक हुम्ला जिल्ला पुगेपनि निमुखा गरिब जनता नेपालगञ्ज र सुर्खेतमै अलत्रप परेका छन्। हवाई जहाजमार्फत वैशाख २० र २१ गते १ सय ७७ जना पुरुष, १ सय ३९ जना महिला र १६४ बालबालिका गरी जम्मा ४ सय ८० जना नेपालगञ्ज र सुर्खेतबाट उद्धार भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार स्थलमार्ग गाडीबाट वैशाख १८ देखि ४ सय ४१ जना पुरुष, १ सय ४८ जना महिला र १ सय ५४ जना बालबालिका गरी जम्मा ७ सय ४३ जना नागरिक हुम्ला जिल्ला भित्रिएका छन्।

वैशाख २० र २१ दुई दिन निजी कम्पनीहरुका जहाजहरुले हुम्ली नागरिक ओसारे पनि पहुँचवालाले पहिला टिकट पाएपछि गरिब निमुखा नागरिक नेपालगञ्ज र सुर्खेतमै अलपत्र परेका हुन्।

अहिले कर्णाली प्रदेशको छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना संक्रमितको संख्या बढेपछि निजी एयरलाईन्स कम्पनीले उडान भर्न छोडेपछि उनीहरु नेपालगञ्ज र सुर्खेतम थन्किन बाध्य भएका छन्।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति सोमबार बसेको बैठकले एक स्थानीयबाट अर्को स्थानीय तह र एक गाउँबाट अर्को गाउँ जान पुर्ण रुपमा बन्द गरी लकडाउनलाई मजबुत बनाउने निर्णय गरेको छ।

कर्णाली प्रदेको छिमेकी प्रदेश नम्बर ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि हुम्ला जिल्ला पनि जोखिम हुने भन्दै जिल्ला एकसाताको लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन्।

हुम्ला जिल्लामा पनि जोखिम हुने भन्दै जिल्ला सदरमुकाम सिमकोट बाहिर र भित्रिन एकसाताको लागि सिल गरिएको प्रजिअ भट्टराईले बताइन्

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: