About Contact Links
Close
बिज्ञापन
बाराको कबहीगोठस्थित नेपाल भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण

खबर सबैको बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

बाराको कबहीगोठस्थित नेपाल भारत सीमामा एक हुल भारतीयले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।  बिहीबार दिउँसो करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

पहिले दुई जना खेतिपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका रहेछन्, उनले भने, ‘सीमामा ड्युटीमा रहेकाले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएछन्।

भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए।

उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७