Khabarsabaiko बिहिबार, बैशाख २५, २०७७

जेठ २ गते संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुने भएको छ। त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको भएपनि यसपटक पहिला प्रि बजेट छलफल हुने भएको हो।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले २ गते नीति तथा कार्यक्रम पेश गर्ने विषयमा मुख्य सचिव र सभामुखबीच छलफल भएको जानकारी दिए। प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको समयको टुङ्गो त्यसै अनुसार लगाउने तयारी छ। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। संसद बैठक सामाजिक दुरी कायम राखेर गर्ने तयारी सचिवालयको छ। संसदको बजेट अधिवेशन २६ गतेबाट सुरु हुँदैछ।