०१ कार्तिक २०७८, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन

Khabarsabaiko शुक्रबार, बैशाख २६, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ। शुक्रबार मध्यान्ह १२ बजेतिर चिकित्सकको टोली गएर उनको थ्रोट स्वाब संकलन गरेका हुन्। कोरोना रिपोर्ट आउन बाँकी रहेको छ।

बिहीबार संघीय संसदका सांसद र कर्मचारीको कोरोना परीक्षण गरिएकोमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको छ भने आज परीक्षण गरिएकाको कोरोना रिपोर्ट आउन बाँकी छ। आजदेखि बजेट अधिवेशन सुरू हुने भएकोले संसद भवन प्रवेश गर्नुपूर्व उनीहरूमा कोरोना टेस्ट गरिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्