१५ चैत्र २०८०, बिहिबार

हुम्लामा विकास निर्माणका सामाग्रीहरु ढुवानी हुन सुरु

Khabarsabaiko शनिबार, बैशाख २७, २०७७

राज शाही, हुम्ला
हुम्लामा बन्दाबन्दी यता रोकिएका विकास निर्माणका सामाग्री हवाई मार्गबाट ढुवानी हुन सुरु भएको छ । विकासे कामहरु अगाडी बढाउने सरकारको निर्णयसंगै हुम्लामा पनि रोकिएका कामहरु सुचारु हुन थालेपछि नेपालगंजबाट सामानहरु ढुवानी हुन सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले निर्माण व्याविसायीको सिफारिसमा तोकिएका योजनाका लागि आवश्यक सामानहरुको लागि गृह मन्त्रालयबाट सहमति भएर आउने सामानहरुको ढुवानी सुरु भएको बताएकी छन् ।
ढुवानी सुरू भए संगै विभिन्न योजनाका पाईप, रड, सरिया, जस्तापाता, सिमेन्ट, किला काँटीहरु, विद्युतका पोल आउने गरेका छन् । यसबाट खानेपानी, सिंचाई, भवन, बिधुत आयोजना, सडक निर्माण जस्ता तीन दर्जन भन्दा बढी योजनाका कामहरु अगाडी बढ्नेछन् ।
सिता एयरका हुम्ला इन्चार्ज छेपाल लामाले शुक्रबार मात्र सात फ्लाईट निर्माणका सामानहरु नेपालगंजबाट ढुवानी भएको र अब केही दिन यो क्रम जारी रहने बताए ।  बिकास निर्माणका सामानहरु ढुवानी सुरु भएपछि धेरै योजानाहरुको काम सुरु हुन थाल्ने निर्माण व्यावसायी बताएका छन् ।
यसबाट सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका विभिन्न योजनाहरुको निर्माण कार्य अगाडी बढ्न भएका छन् । त्यो संगै दैनिक उपभोग्य सामानहरु पनि ढुवानी सुरु भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्