१४ मंसिर २०८०, बिहिबार

कर्णाली प्रदेशले फिर्ता लिएको ८० वटा कोरोना परिक्षण किट पठायो

Khabarsabaiko शुक्रबार, बैशाख २६, २०७७

नन्द सिंह, हुम्ला

जिल्लामा आरडिटी चेक जाँचका लागि कोरोना परिक्षण ४ सय किट पठाए पनि कर्णाली प्रदेश सरकारले ८० वटा किट भने फिर्ता लिएको थियो । पछिल्लो चरणमा हुम्ला भित्रिनेको संख्यामा १२ सय ९५ नाघेपछि आरडिटी चेक जाँच गर्न समस्या भएको छ ।

नेपाल सरकारले नेपालगञ्ज सुर्खेत लगायतका जिल्लाहरुबाट अलपत्र परेका व्यक्तिहरुलाई उद्धार गरेपछि बाँकी रहेको किटहरु पठाउँने भनेर कर्णाली प्रदेश सरकारले फिर्ता लिए पनि हाल वैशाख २६ गते पुनः हुम्लामा सो किटहरु पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताउनु भएको छ ।

वास्तवमा हुम्लामा ६ सय ४ जना भन्दा बढि व्यक्तिहरु क्वारेन्टाइनमा बस्दै आएका छन् । उनिहरुको लागि चेक गर्ने किटको भने अपुग हुने प्रत्यक्ष देखिएको छ । ८० वटा किटले १२ सय ९५ जनालाई सो किटले चेकजाँच गर्न नभ्याउने भएको भन्दै हुम्लाको नागरिक समाज पनि आक्रोसित भएको छ ।

जिल्ला बाहिरबाट हजारौँ व्यक्तिहरुलाई उद्धार गर्ने तर चेकजाँच गर्ने किट भने छैन र सो व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेको औचित्य नै नभएको स्थानीयको गुनासो रहेको छ । यदि अलपत्र परेका व्यक्तिहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा रख्ने नै हो भने क्वारेन्टाइनमा वसेका व्यक्तिहरुलाई आरडिटी चेक गरेर मात्र घर पाठाउँनु पर्ने स्थानीयको माग छ ।

यहाँ कमेन्ट गर्नुहोस्
%d bloggers like this: