०७ बैशाख २०८२, आइतबार

देशभर लकडाउन विद्यालय बन्द हुम्लाका दुई विद्यालय खुला

Khabarsabaiko आइतबार, बैशाख २८, २०७७

हुम्ला–कोरोना भाइरसको संक्रमणका कारण देशभर लकडाउनले बालबालिका विद्यालय जानबाट बञ्चित भएका बेला हुम्लाका दुई विद्यालयमा विद्यालय नियमित पठनपाठन भएको छ । जिल्लामा २६ वटा माध्यामिक ,उच्च माध्यामिक विद्यालय र १ सय १८ वटा आधारभुत विद्यालयहरु छन् ।
जसमध्ये २ वटा विद्यालय पठनपाठन चलिरहेको छ । भने १ सय १६ वटा आधारभुत विद्यालय र २६ वटा माध्यामिक विद्यालय र उच्च मध्यामिक विद्यालय लकडाउनले महिनौ दिन बन्द छन् ।
उत्तरी चीनको सीमानासँग जोडिएको हुम्लाको नाम्खा गाँउपालिका–६ लिमिका दुई वटा विद्यालयमा नियमित बालबालिकाहरु विद्यालयमा पठनपाठन हुदै आएको छ ।
नेपाल सरकारबाट तलब खादै आएका शिक्षकहरु लकडाउनको कारण देखाउदै विद्यालय बाट आ आफना घर फर्किएका छन् ।
दुई विद्यालयका ५० जना बालबालिका देशलकडाउन भएपनि नियमित विद्यालय अध्ययनरत छन् ।
भृकुटी आधारभुत विद्यालय जाभ्का १५ जना बालबालिका र सुनखानी आधारभुत विद्यालयका ३५ जना बालबालिका नियमित विद्यालय जाने गरेको नाम्खा गाँउपालिका–६का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।


नेपाल सरकारबाट तलब खाने शिक्षक कोही छैनन् आत्मीय नेपाल संस्थाबाट ४ जना शिक्षकले नियमित विद्यालय सञ्चालन गरेको वडाध्यक्ष तामाङले बताए ।
बालबालिकाहरुको पढाई हामी रोकेका छैनौ देश लकडाउन भएपनि हाल सम्म हामी विद्यालय सञ्चालन गरेका छौ वडाध्यक्ष तामाङको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्