About Contact Links
Close
बिज्ञापन
नेपालमा थप १० जनामा कोभिड-१९  संक्रमण पुष्‍टि

खबर सबैको सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

नेपालमा आज थप १० जनामा कोभिड-१९  संक्रमण पुष्‍टि भएको छ। यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति अनुसार आज संक्रमित फेला परेकाहरू कपिलवस्तु यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी रहेका छन्।

कोभिड-१९ पुष्‍टि भएकाहरूमा १८, १९, २४, ३०, ३१ वर्षका एक/एक र २० र ३४ वर्षका दुई/दुईजना छन् भने अर्का एकजनाको उमेर खुलेको छैन।

टेकुस्थित राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ आएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमा जनाएका छन्। कोरोना देखापरेका सबैको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७