१६ आश्विन २०८१, बुधबार

स्थानीयबासीको विरोधले उत्तर दक्षिण व्यापारिक मार्ग काम ठप्प

Khabarsabaiko बुधबार, बैशाख ३१, २०७७

हुम्ला–कर्णाली करिडोर अन्तगर्त सिमकोट–खार्पुनाथ सडक खण्डको डिपिआर चोर बाटोबाट ल्याएको भन्दै उत्तर दक्षिण व्यपारीक मार्गको निर्माण कार्य स्थानीयबासीले रोकेका छन् ।

हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर भन्दै उत्तर दक्षिण व्यापारीक मार्ग काम स्थानीयले अवरुद्ध बनाएका छन् ।

गाँउलाई पायक नपर्ने स्थानबाट डिपिआर भएपछि आफुहरु सडक सञ्जालबाट प्रतिफल पाउनबाट बञ्चित भएको सिमकोट गाउँपालिका–५ स्थानीय अदानसिह रावत दुखेसो गरे ।्

गाउँलाई सडकसँग नजोडि अन्त्यत्रबाट हिल्सा सिमकोट सडक आयोजनाले डिपिआर गर्दा आफुहरु विरोध गर्न बाध्य भएको रावतले बताए । डिपीआर भएको स्थानमा आफुहरु जग्गा जमिन नभएकोले सडक गाउँबाट ल्याईनु पर्ने सिमकोट–५ की स्थानीय पियुली रोकायाको भनाई छ । हाल सञ्चालन भएको सडकलाई चौडा बनाएर यसैलाई कायम गर्नुपर्ने रोकायाले बताइन् ।

आइतबार सर्वदलिय सर्वपक्षीय बैठकले डिपीआर भएको स्थानमा जग्गा कस्को कति माँसिन्छ स्थलगत अध्ययन गरी राष्ट्रिय गौरबको आयोजना रोक्न हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् । सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा,उपाध्यक्ष बलि रावत,जिल्ला समन्व्य समितिका प्रमुख दानबहादुर रावत लगायत बैठकमा उपस्थित रही सम्बन्धित जनप्रतिनीधिले जग्गाको स्थलगत अध्ययन गर्न निर्णय भएको प्रजिअ भट्टराईले बताइन् । स्थलगत अध्ययन गर्न जादा स्थानीयहरुले नै विरोध जनाएको र यसरी राट्रिष्य गौरबको आयोजना रोक्न नहुने प्रजिअ भट्टराईको भनाई छ ।

सिमकोट गाउँपालिका वडा–५ ले आफनो बस्ती हुदै सडक जोडनु पर्ने माग गरेका छन् । भने वडा नम्बर– ६ ले हाल डिपिआर भएको स्थानबाट सडक निर्माण हुनु पर्न आ–आफना अडान राखेपछि राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर अन्तर उत्तर दक्षिण व्यापारी मार्गको सडक निर्माण काम महिनौदेखि ठप्प भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्