१६ चैत्र २०८०, शुक्रबार

हुम्लाको सर्केगाडमा सामाजिक संस्थाले राहत वितरण गर्दै

Khabarsabaiko सोमबार, जेठ १९, २०७७

नेपालमा दिन प्रतिदिन कोरोन संक्रमितको संख्या बढिरहेका छन् । संक्रमित बढिरहेको अवस्थामा हुम्लाको मध्य भाग सर्केगाड गाउँपालिकामा सामाजिक संस्थाले राहत समग्री वितरण सुरू गरेका छन् । मिसन इष्टको अर्थिक सहयोगमा गाउँपालिकामा कार्यरत महिला कल्याण सेवा, किर्डाक, नेपाल र हेड, नेपालको साझेदारीमा वितरण सुरू भएको हो । राहत प्याकेजमा २५ किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो चिनि वितरण सुरू गरेका छन् ।

वितरणको पहिलो दिन सर्केगाड वडा नं. ४ का ३८ जना अति सिमान्तकृत ७५ माथिका जेष्ठ नागरीक, एकल महिला, अपांग र सहिद परिवार लार्इ वितरण गरिएको महिला कल्याणका कार्यक्रम व्यावस्थापक प्रेम बुढाले जानकारी दिएका छन् । राहत सर्केगाडका ८ वडाका तिन सय पचास घरधुरीमा वितरण गर्ने योजना रहेको कुरा बुढाले थपे । राहत वितरणमा ८ कर्मचारी र ११ स्वयमंसेवक गरि जम्मा १८ जना खटाइएको कुरा व्यावस्थापक बुढाले जानकारी दिएका छन् ।

सामाजिक संस्थाहरूले यस अघिपनि गाउँपालिका २२१० घर र स्वास्थ्य कार्यालयमा  सरसफाइ समाग्री वितरण गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्