०५ कार्तिक २०८१, सोमबार

कोभिड–१९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

Khabarsabaiko बुधबार, जेठ २१, २०७७

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको बुधबार मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २३०० जनामा संक्रमण पुष्टि भएको छ

यहाँ कमेन्ट गर्नुहोस्