०५ कार्तिक २०८१, सोमबार

कोरोनाबारे जनचेतना फैलाउदै जिल्ला रेडक्रस हुम्ला

Khabarsabaiko शनिबार, जेठ २४, २०७७

हुम्ला–गाउँमा आएको सरकार भनेर चिनिएको स्थानीय सरकारले कोरोना भाइरस सम्बन्धि गम्भिरता नदेखाएपछि जिल्ला रेडक्रस सोसाइटी हुम्लाले कोरोना सम्बन्धि जनचेतना फैलाउने काम सुरु गरेको छ ।
विश्वमहामारीको रुपमा फैलिएको कोरोना आतंक र त्यसबाट कसरी बच्ने भन्ने सवालमा सिमकोट गाउँपालिका–१,२ ठेहे र ३ नम्बर वडा बरगाउँमा स्थानीयहरुसँग छलफल सुरु गरेका हुन् ।
गाउँमा कोभिड–१९ को सक्रमणबाट बच्न स्थानीयबासीहरुले सामाजिक दुरी कायमका साथै र सरकारले गरेको लकडाउन (बन्दाबन्दी)को पालाना गर्नु विषयमा छलफल गरेको जिल्ला रेडक्रस सोसाइटी हुम्लाका कार्यालयका वरिष्ठ सहायक छिरिङ्ग पाल्देन लामाले जानकारी दिए ।
२२ गते सिमकोट गाउँपालिका ठेहे र २३ गते बरगाउँमा मास्क,सेनिटाइजर साबुन पानीको सही प्रयोग गर्ने बारे स्थानीयहरुलाई जानकार गराएको वरिष्ठ सहायक लामाले बताए । जिल्ला बाहिरबाट गाउँ प्रवेश गरेका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टीन १४ दिन राख्न समेत स्थानीयलाई आग्रह गरेको वरिष्ठ सहायक लामाको भनाई छ ।
लकडाउनको अवधिभर नागरिक आफै सचेत सजक रहनुपर्ने र कोभिड–१९ को संक्रमणबाट जोगिन गाउँमै नागरिक सचेत रहनु पर्ने लगायतका जनचेतना मुलक विषयमा जिल्ला रेडक्रस सोसाईटीले चेतनामुलक कार्यक्रम गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्