०५ कार्तिक २०८१, सोमबार

कोभिड-१९ को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु

Khabarsabaiko शनिबार, जेठ २४, २०७७

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीमा एक र डोल्पामा एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीका मृतक सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको भएको हो । त्यस्तै डोल्पामा पनि एक जनाको मृत्यु भएको छ ।डोल्पा मृत्युहुने  जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।

उनि जेठ १८ गते नेपालगञ्ज सुर्खेत,जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्