०३ माघ २०८१, बिहिबार

कर्णाली नदीमा टिपर खस्दा २ जना मृत्यु ६ जना बेपता

Khabarsabaiko बुधबार, जेठ २८, २०७७

कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटको कर्णाली कोरिडोरअन्तर्गत टिपर दुर्घटनामा परेको छ । सिमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई होल्डीङसेन्टरबाट क्वारेन्टीनस्थल लिदै गरेको टिपर दुर्घटना भएको हो ।

ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको टिपरमा ३९ जना सवार थिए । दुई जनाको मुत्यु, ६ जना बेपता र अन्यको उद्धार भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्