०५ कार्तिक २०८१, सोमबार

कर्णालीमा शुक्रबार मात्रै ८३ जनामा कोरोना पुष्टि

Khabarsabaiko शुक्रबार, जेठ ३०, २०७७

कर्णालीमा शुक्रबार मात्रै सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट थप ८३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ८२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार मात्र दैलेख अस्पतालबाट २२ जना डिस्चार्ज भएको महाशाखाले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्