०४ कार्तिक २०८१, आइतबार

मुगु -हुम्ला जोड्ने लिंक रोडको ६७ किलोमीटर ट्रयाक खोल्ने कार्य सम्पन्न

Khabarsabaiko शनिबार, जेठ ३१, २०७७

जेठ ३१, २०७७ हुम्ला
मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खुलाएको छ ।
मुगु देखि हुम्ला सम्म जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग DFID को ग्रामिण पहुँच कार्यक्रम RAP-3 MHLRद्वारा सन्चालित ६७ फ ट्रयाक खोल्ने कार्य सकिएको जनाएको छ ।

मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने लिंक रोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । उहाँले भन्नु भयो सन् २०१८ मा सुरु गरिएको लिंक रोड निर्माण कार्य २ वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको बताउनु भयो ।
मुगु र हुम्लाका जिल्ला जोड्ने लिंक रोड निर्माण भएपछि स्थानीय ग्राबासिन्दा लाई आवत–जावत गर्न सहज हुने भएको चंखेल्नी गाउँपालिका अध्यक्ष धनलाल चौलागाई बताए ।
सल्लीसल्लादेखि चंखेली गाउँपालिकाको देउली सम्म १४.६ किलोमिटर पहिला सडक निर्माण भईसकेको र मुगुको रारा–छायानाथ नगरपालिकादेखि देखि हुम्लाको चंखेली गाउँपालिका देउलीसम्म ६७ किलोमिटर ट्रयाक खोल्ने काम छ ।
उक्त लिंक रोडमा ११ वटा स्काभेटरले र ट्रयाक खोल्न काम सम्मन्न गरेको बाँकी सडकको फिनिसिङ्गको काम रहेको बताएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्