About Contact Links
Close
बिज्ञापन
सामाजिक संस्थाहरुद्वारा समिक्षा बैठक

नन्द राज शर्मा, हुम्ला बिहिबार, आषाढ ११, २०७७ मा प्रकाशित

हुम्ला–सर्केगाड गाउँपालिकामा गैहसरकारी संस्थाहरुद्धरा वार्षिक समिक्षा बैठक सम्पन्न गरेका छन् । स्थानीय तहले योजना तर्जुमा तथा निती निर्माणको चरणमा रहेको बेला गैहसरकारी सस्थाहरुले वार्षिक समिक्ष बैठक गरेका हुन् ।

गाउँपालिका स्तरिय परियोजना सल्लाकार समिति बैठकमा सर्केगाड गाउँपालिका ८ वटै वडाहरुमा किर्डाक नेपाल र महिला कल्याण सेवाले गरेका गतिविधि समिक्षा भएको हो ।

मिसन इष्टको प्राविधिक सहयोग लाकार मिसन र शिशु आर्थिक सहयोग तथा किर्डाक नेपाल संस्था र महिला कल्याण सेवाको समन्वयमा वार्षिक समिक्षा बैठक भएको छ ।

कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) परियोजना संयोजक मनलाल जैसीका अनुसार विश्व महामारीको संक्रमण फैलिएको बेला सर्केगाड गाउँपालिका किशोरीहरु कोभिड–१९ को संक्रमणबाट बच्न गाउँ समुदायमा जनचेतना सम्बन्धि नेतृत्व गर्न थालेको जानकारी दिए । किशोरीहरुले सूचनाको पहुँच नपुगेको समुदायमा कोभिड–१९ को संक्रमणबाट जोगिन सामाजिक दुरी कायम, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग लगयातका विषयमा किशोरीहरुले जनचेतना फैलाउने अभियानमा जुटेको परियोजना संयोजक जैसीले बताए । किर्डाक नेपाल संस्थाले समिति व्यक्ति सहयोग गरेपनि एक जनालाई लगानी धेरै सिकाई भएको परियोजना संयोजक जैसीको भनाई छ ।

यस्तै गरी महिला कल्याण सेवा कार्यालयका कार्यक्रम संयोजक पदमराज हमालले वार्षिक प्रगति प्रतिवदेन प्रस्तुत गदै महिलालाई व्यवसायीक कृषक बन्न महिला कल्याणले सहयोग गरेको बताए । गाउँपालिका सम्पूर्ण कृषकहरुलाई समेटेर सहकारी संस्था स्थापना गरिसकेको संयोजक हमाल बताए ।

कृषि महिला सहकारी संस्थाका महिलाहरुले एक लाख बचत रकम उठाएको समेत हमालको भनाई छ । सर्केगाडका महिलाको व्यवहार तथा सामाजिक परिवर्तनमा गैहसरकारी संस्थाले ठुलो भुमिका गरेको सर्केगाड गाउँपालिका अध्यक्ष कृष्णा रोकायाले प्रशांसा गरे । आगमी दिनहरुमा गैहसरकारी संस्थासँग आफुहरुले निकै अपेक्षा गरेको अध्यक्ष रोकायाले आग्रह गरे ।

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७