१८ आश्विन २०८१, शुक्रबार

हुम्ला पुगे डाक्टर केसी, दुई दिन निःशुल्क सेवा दिने

Khabarsabaiko शुक्रबार, आषाढ १२, २०७७

हुम्ला– प्राध्यापक डाक्टर गोविन्द केसी हुम्ला पुगेका छन् । उनले यहाँका दुर्गम गाउँपालिकामा रहेको स्वास्थ्य चौकीहरूबाट दुई दिन निःशुल्क स्वास्थ्य सेवा दिने जनाइएको छ ।

उनले पहिलो दिन बाजुरासँग सीमा जोडिएको हुम्लाको ताजाँकोट गाउँपालिका छप्रेलास्थित मैला स्वास्थ्य चौकीबाट सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका छन् । वरिष्ठ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा पाएपछि ताजाँकोट गाउँपालिकावासी हर्षित भएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए शुक्रबार र शनिबार दुई दिन निःशुल्क स्वास्थ्य सेवा दिने कार्यक्रम रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजेन्द्र स्याङकुले बताए । डा. केसी पैदल यात्राबाटै हुम्लाका दुर्गम गाउँहरूमा पुगेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्