०६ कार्तिक २०८१, मंगलबार

पर्देशिएको पतिको सम्झनामा

Khabarsabaiko मंगलबार, आषाढ १६, २०७७

भावको अनन्त गहिराइसम्म

मैले हजुरलाइ सजाइसकेकी छु
यसैले,मेरा शब्दसागर
र कागजका हरपानाहरुमा
हजुर देखिनु हुन्छ कि भनेर
मैले कबिता लेखेकी हु ।
~
पैले बर्खेझरिमा दिनभरी भिजेर
खेतालाहरुसङ्गै काम गर्थेउ
कैले टन्टलापुर घाम नभनी पनि गर्थेउ
ऐले जब म यी खेतगराहरुमा
कबिताका हरफ जस्ता
लामा लाइनहरु बनाएर
धानका बिउहरु रोप्छु
तब,मलाइ देख्ने मान्छे नपाएर
हरेक मुठाहरुमा म हजुरलाइ खोज्छु ।
हरेक कैले आउनु हुन्छ
र जन्माउनु हुन्छ
कुनै किसान झै गरेर
यो देसको माटोमा अनन्त सम्भावनाहरु
~
जब पर बाट यी फाटहरुहुदै
बतासले सुस्केरा हाल्दै सुसाउछ
र त्यो हाम्रो झ्यालढोकाहरु सम्म आउँछ
तब,हजुरले नै मलाइ
बोलाइरहनु भएको होकि जस्तो लाग्छ
जब परबाट पवन एक्कासी उढेर आउँछ
अनि मेरो बदनलाइ छोएर जान्छ
तब हजुरले नै मलाइ छोए जस्तो लाग्छ
जब अचानक बर्सात हुन्छ अनि आखा रसाउछ
तब मलाइ नै सम्झिएर
हजुर मरुभुमिमा रोए जस्तो लाग्छ ।
~
उता उजाड जमिनमा जसरी बगिरहे
हजुरका पसिनाहरु
उसैगरी एता हरेका दिन
हजुरकै यादमा खसीरहेछन यी आसुहरु
हो म कति छलल्किए आसुका छालहरुमा
र कती पौडिए म अनि आसुकै तालहरुमा
हजुरलाइ सम्झिएर
मैले अनि कति रुवाए यी आखाका नानिहरु
र कति भिजाए मेरा सिरानीहरु
अनि कति बगाए आसुका भेलहरु
र कति पढाए पानीले भिजेका पत्रहरु
कोरेर आसुका अछ्ययरहरुमा
कैले काहि असारमा
नदि पार गरेर बाध नाघेर
बक्राहाको किनारबाट कुर्लिएर
गाउ आइरहेको बाढिको बहाव
त्यो सट्टामा हजुरले नै मलाइ
पठाउनु भएको यादहरु झै लाग्छ ।
~
अधेरा पाखापखेरा र पधेरामा आएर
अनि झयाउझ्याउ गित गाएर
कति खोजिरहन्छे
जुनकिरी आफ्नु प्रेमिलाइ
र माथी फर्किएर सधै सोधिरहन्छे आकासलाइ
कि पर्खिएर बसिरहेछु पृथ्बिमा उसैलाइ
तर, किन उ कैले पनि फर्खिएर आएन।
जो बर्सौपहिले उज्यालो खोज्न गएको थियो
ए ! जुन तिमिले पो मेरो प्रेमिलाइ
आफ्नु मायाजालमा फसायौ कि क्याओ?
हाम्रो गोठको परेवाले
पृथ्बिमा पखेटाहरु खसाएर
उधो मुन्टो लगाएर
कति कोर्यो शान्तिका कबिताहरु
हाम्रो कोठाको ऐनामा आएर
अनि पटक हेर्यो अनि आफ्नु अनुहारलाइ
र कति बोल्न खोज्यो
शिरानिमा राखिएको तस्बिरसङ्ग कुरा गरे झै गरेर
कति उढायो आफ्नै खुट्टामा चिठ्ठिहरु बाधेर
आफैसङ्ग अलग्गिएर हरछ्यण
कति तड्पियो बतावरण
र कति दौडियो स्वस्निल आकासमा
यस्तो लाग्छ सायद,
उस्को प्रेमील परेवा पनि पर्देसिएको थियो ।
 ~
हजुर गएदेखी,उकालिमा आएर
हजुरकै देसतिर फर्किएर
मैले हजुरको सम्झनामा कति गित गाए
र कति सुनाए आफ्ना गुनासा यी पहाडहरुलाइ
हजुर हराएदेखी,चौतारिमा आएर
हजुरले मेरो अनुहारलाइ दिनु भएको
उपहारहरुको सृङ्गारलाइ हेर्दै हजुरलाइ कल्पिएर
मैले हजुरकै कल्प्नाहरुमा कति कबिताहरु कोरे।
~
रगत जस्तै लालरङ्ग कागजभर पोखेर
हजुरको सम्झनामा
रातो अछ्ययरमा
र रङ्ग पोतेर कति रित्याए ति हिमालहरुलाई
बतासको झोकाहरुले उढाएर
एउटा सुन्दर गुरासको बोटबाट चुढाएर
जुन मेरो कलमसम्म ल्याएको थियो ।
र मैले टिपेर त्यसलाइ सबैभन्दा माथी सजाए
र लेखिदिए हजुरको नाममा
जो आफै पछि एउटा कबिता बन्यो
जो आफै मेरो जिवनको अस्मिता बन्यो ।
ती भिरपाखा अनि यी सगरमाथाका शिरहरु
र ती वीर हिमालहरु
अनि पहाड जङ्गल र डाडाकाडाहरु
र सारा रङ्गिन फुलहरु
सब सब यस बखत मलिन मलिन छन
र तिनिहरु हरेकछिन ऐले हजुरलाइ खोजिरहेछन
किनकी,हाम्रो प्रेमको नासोको निमित्
बिगतमा त्यो गुरास हजुरले नै रोप्नु भएको थियो ।
~
जसरी सुवासहरुलाइ फुलवारि पर्खिरहेछ
उसैगरी हजुरलाइ यो नारी पर्खिरहिछे
जति नै जवानी भएपनी जसरी
पानीको अभावमा नदि नाङ्गो हुन्छ
उसैगरी म पनि हजुरबिना
जरुर त्यो उदाङ्गो बगर जस्तै बन्छु ।
~
ती फुलहरु हजुरलाइ नै पर्खिरहेछन
ती जुनहरु हजुरलाइ नै पर्खिरहेछन
यो प्रकृति मातृभुमी
अनि यो हरियाली बसन्तहरु
बादल तारामण्डल र ती सारा मौसमहरु
अनि ती सुन्दर गुलावका बोटहरु
र ती कलिला ओठहरुले पनि
हरपल हर्दम हजुर आउने बाटो हेर्दै
केवल हजुरलाइ नै पर्खिरहेछन ।
~
ए ! हजुर पर्यटक भएर हैन
यसपटक अभिभावक भएर
आउनुहोस है।
~
अस्ति नै दसैमा हजुर जस्तै हराएर
आकासमा उढेका उस्का
चङ्गाहरुलाइ देखाएर
म बारम्बार सम्झाउने गर्दछु
नानी ! तिम्रो चुढिएको चङ्गा
टाढा छितिजमा अल्झिएको छ
त्यही लिनलाई तिम्रो बाबा त्यहा जानुभएकोछ
तिम्रो नया धागो र चङ्गा लिएर
बाबा दसैमा घर फर्खिएर आइहाल्नु हुन्छ नि ।
 ~
पखेटा फिजाएर
परबाट आकासमा आइरहेका
चराहरुलाइ औलाहरु देखाएर
ऐले मलाइ
उ हाम्रो बाबा आउनुभयो भन्छ
अब मलाइ आफै नै भन्नुहोस हजुर
म अब उस्लाइ कसरी सम्झाउ ?
~
यो घर आगन
यो पृथ्बी आकास
सबै सबै हजुरलाई नै खोजिरहेछन
~
हजुर त आसमानको उज्यालो घाम
जस्तै हुनुहुन्थियो
बायुयानमा बसेर त्यो टाढाको
नौडाडा पार गरेर अनि सातसमुन्दर तरेर
हजुर खाडीमा हराएदेखी
हजुरको कसम
पछाडी सबैभन्दा धेरै
मेरो देस अँध्यारो छायामा छेलिएको छ ।
~
म भन्दा पनि धेरै
अरु नै कोहि रोहिरहेछ
हजुर परदेस पलायन भएदेखि
यो सरकारले हजुरलाइ खोजोस या नखोजोस
हजुरको सिन्दुरको कसम !
जरुर आज यो सिङ्गो देस
हजुरलाइ खोजिरहेछ ।
==============
✍️बिद्रोही कवि सुजन बुढाथोकी

यहाँ कमेन्ट गर्नुहोस्