२० कार्तिक २०८१, मंगलबार

उद्योग व्यवसाय धराप परेको भन्दै प्रशासनमा ज्ञापनपत्र

Khabarsabaiko शुक्रबार, आषाढ २६, २०७७

हुम्ला कोभिड–१९ का कारण देशभरीकै उद्योग व्यवसायीहरुको व्यवसाय धरापमा परेको भन्दै हुम्ला उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएका छन ।
गत चैत ११ गते लकडाउनले निजी क्षेत्रलाई ठुलो आर्थिक भारले प्रत्यक्ष व्यवसायीलाई असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लामा ज्ञापन पत्र बुझाएका हुन् ।
राज्य र नीजि क्षेत्रलाई ठुलो आर्थिक भार व्यहोनु पर्ने वर्तमान अवस्थामा मैत्रीपूर्ण वातावरणमा नकारात्मक असर पर्न गई आम व्यवसायी संकटको घेराबन्दी परेको हुम्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

उत्पादनशिल क्षेत्रतर्फ वित्तिय साधान परिचालन चुनौतीको सामाना गर्नु पर्ने अवस्थामा बैक सहुलियत पूर्व कर्जा प्रवाह नगरी आफनो अनुकुल कर्जा प्रवाह एकतिर बैक तथा वित्तिय संस्थाहरुले पुरानै व्याज दर कायम गरी व्याज असुल गर्दा व्यवसायी मर्कोमा परेको हुम्ला उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङले जनाकारी दिए ।

व्यवसायीहरुले स्वच्छ मर्यादित र सहज तरिकाबाट व्यवसाय संञ्चालन गर्न सकेका छैनन । अध्यक्ष तामाङले भने । व्यवसायीहरुले बैक व्याज,घरभाडा, लगायत दैनिक मसलन्द खर्च सम्म तिर्न नसक्ने अवस्था हुदा उचित आर्थिक अनुदान र सहुलियत व्यवस्था माग रहेको अध्यक्ष तामाङको भनाई छ ।

यहाँ कमेन्ट गर्नुहोस्