१२ जेठ २०८१, शनिबार

हुम्ला सदरमुकाम सिमकोट दुई दिनदेखि विद्युत् आपूर्ति नहुदा अन्धकार

Khabarsabaiko सोमबार, आषाढ २९, २०७७

हुम्लाको सदरमुकाम सिमकोट र आसपास क्षेत्र दुई दिनदेखि अन्धकार भएको छ । हिल्दुम वितरण केन्द्रमा रहेको पावरहाउसको मेसिनमा खराबी आएकाले विद्युत् आपूर्ति नहुँदा अन्धकार छाएको हो ।

बिजुली नहुँदा सदरमुकाम सिमकोटसहित खार्पुनाथ गाउँपालिका अन्धकारमय भएको हो । हिल्दुम वितरण केन्द्रमा रहेको पावरहाउसको मेसिनमा खराबी आएपछि दुई दिनदेखि विद्युत् उत्पादन हुन नसकेको हिल्दुम खोला जलविद्युत् आयोजना हुम्लाले जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएको छ ।खासगरी असार मसान्तमा अनिवार्य रूपमा गर्नुपर्ने कामहरू अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

गाउँगाउँबाट जिल्लामा रकम भुक्तानी लिने सेवाग्राहीहरूले धेरै समस्या भोगेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्