०१ आश्विन २०८१, मंगलबार

हुम्लामा ५१ काटुन चिनिया मदिरा बरामद

Khabarsabaiko सोमबार, आषाढ २९, २०७७

हुम्ला– जिल्ला प्रहरी कार्यालय हुम्लाले ५१ काटुन चिनिया (झिनिगिन्टी) मदिरा बरामद गरेको छ ।  खार्पुनाथ गाउँपालिका–५ कुरिल्लाको जंगलबाट ठेहे प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक शुत्रराज ढागी नेतृत्वमा खटिएको प्रहरीले चिनिया मदिरा (झिनिगिन्टी) बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जंगलको खाल्डोमा कपडाले छोपेर राखिएको अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले बताए ।
अन्दाजी ५०÷५१ काटुन चिनिया मदिरा बरामद भएको प्रहरी नायब उपरिक्षक सुवेदीले बताए ।

६ सय १२ बोतल चिनिया मदिरा मध्ये ३३ बोतल फुटेको र ५ सय ७९ बोतल नफुटेको अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
जनप्रतिनीको रोहबरमा मुचुल्लका उठाएर प्रहरीले बरामद गरेको चिनिया मदिरा नष्ठ गर्न भएको छ ।

चिनिया मदिरालाई हुम्लामा प्रति बोतल ६ सय ५० दरले बिक्रि हुने गरेको पाइएको छ । झण्डै दुई लाख हाराहारी बराबरको चिनीय मदिरा बरामद गरिएको पाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्