०५ कार्तिक २०८१, सोमबार

हुम्लाको सिंगो मासपुर गाउँ लालपुर्जाविहिनः जग्गा नाममा छ, हातमा लालपुर्जा छैन

Khabarsabaiko मंगलबार, आषाढ ३०, २०७७

ताजाँकोट गाउँपालिका- ३ मासपुरका मुङ्ग्या रोकाया उमेरले ८० काटसिके । मासपुर गाउँमा भएको मालपोत कार्यालयको मोडमा जग्गा दर्ता छ तर, उनका हातमा लालपुर्जा छैन । ०५० साल ११ महिना १९ गते मासपुर गाउँँको मालपोत कार्यालय हुम्लामा जग्गा मोडमा दर्ता भएको १९ घरधुरी स्थानीयले अहिले हातमा लालपुर्जा पाएका छैनन् ।

८० वर्षीय रोकाया पञ्चायतकालदेखि साबकिको मैला गाउँ विकास समिति ७ बोदचौरमा एकमाना चामल, नुन लएिर जग्गाको तिरो तिर्न एक दिन पैदल हिडेंर आउने गरेको गुनासो गर्दछन् । अहिलेसम्म लालपुर्जा नपाउँदा आफ्नो नाममा भएको जग्गाको कुनै टुंगो नभएको रोकायाको भनाइ छ ।

मासपुर गाउँको जग्गाको पटकपटक नक्सा नापी नभएको पनि होइन । तर, उनीहरूले आश भने मारेका छैनन् । अर्का ८५ वर्षीय वृद्ध दलवीर रोकायाको गुनासो पनि उस्तै छ । जग्गाको नापी-नक्सा भएको छ । गाउँलेले लालपुर्जा हातमा पाएका छैनौँ । उमेरले नेटो काट्न लाग्यो, हामीले लालपुर्जा नदेखे पनि छोराको नाममा देख्न पाए आनन्दले सास जाने थियो उनी भन्छन् ।

चार दिन लाग्छ लालपुर्जा लिन जान
ताजाँकोट गाउँपालिका-३ मासपुर गाउँबाट हुम्ला जिल्लाको सदरमुकाम समिकोट पुग्न चार दिन लाग्ने स्थानीयको भनाइ छ । हातमा लालपुर्जा नहुँदा प्रदेश सरकारले किसान दिदै आएको कृषि अनुदानबाट यहाँका नागरकि वञ्चति भएका छन् । सरकारले जिल्ला कृषि कार्यालयबाट लाखौँ रुपैयाँ कृषिका लागि अनुदान दएि पनि यहाँका नागरिक यस विषयमा जानकार नभएको बताउँछन् ।

मालपोत कार्यालय भन्छ- जग्गाधनी लालपुर्जा लिन आएनन्
जिल्ला मालपोत कार्यालय हुम्ला भने मोडमा दर्ता भएको जग्गाधनी लालपुर्जा लिन नआएको बताउँछ । ०५० साल ११ महिना १९ गते जिल्ला मालपोत कार्यालय हुम्लाको मोडमा दर्ता भएको मालपोत कार्यालय हुम्लाका नमित्ति प्रमुख रवीन्द्र शाहीले बताए ।

ताजाँकोट गाउँपालिका अनुगमन गर्न जाँदा लालपुर्जा नपाएको थाहा पाएको नमित्ति प्रमुख शाहीको भनाइ छ । गाउँपालिका सिफारीस लिएर आएपछि प्रतलिपि दिन्छु भनेको छु, त्यहाँबाट स्थानीय आएका छैनन्,’ शाहीले भने । मासपुर गाउँका स्थानीयले लालपुर्जा लिनै चासो नदेखाउँदा समस्या आएको मालपोत कार्यालय हुम्लाले जनाएको छ । २७ वर्षदेखि भौगोलिक हिसाबले टाढा रहेको हुम्ला मासपुर गाउँका स्थानीय लालपुर्जाविहिन भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्