०३ कार्तिक २०८१, शनिबार

केहि! प्रगतिशिल रचनाहरु

Khabarsabaiko आइतबार, साउन ०४, २०७७

लुटपाट हत्याहिम्सा काटमार र बलत्कार सहदैन
मेरो कलम कुनै पनि अन्याय र अत्याचार सहदैन
कि त त्यो गोर्खाली हो,कि नेपोलियन बोनापार्ट(२)
जो कदापी हार सहदैन दुस्मनको प्रहार सहदैन
त्यो भारतिय भतुवा हो,जो बोल्दैन त्यो गद्दार हो(२)
आफ्नै देसमाथि कुठाराघात,कुनै इमान्दार सहदैन
पैसाको भेलै बगाए पनि उ तिमिलाइ खेदाइ रहन्छ२
उ कुकुर हो जो चोरहरुको नालायक अनुहार सहदैन
हाम्रो प्रेम बिवाह सम्भब छैन मेरो घर नआउ नबराज२
हामी छेत्री हौ,तिम्रो तल्लो जात मेरो परिवार सहदैन
हामी कोरोना लाग्दा पनि पिसिआर नपाएर मर्छौ(२)
सरकार सिङ्गापुर पुग्छ एउटा सानू बुखार सहदैन
बुहारि छे म छु र नाति छ धेरै काम नगर्नु है,आमा(२)
बिमारी हुनु भयो भने बुढो शरिरले बिमार सहदैन
आमा नै हुन अथवा जमिन कित स्वयम भगवान(२)
जो बाहेक दुनियामा कोहि यो सन्सारकोभार सहदैन
युएस बिरुद्द लादेन र इरानले हतियार यसैले उठायो(२)
अति भएपछि,ज्यादती कसैले पनि बारम्बार सहदैन
ए दुस्मनहरु हो गुमाम हुदैनौ बरु गोलि खाएर मर्छौ२
हामिहरु गोर्खौलि हौ,जो देसद्रोहिको प्रहार सहदैन
✍️   बिद्रोही कवि सुजन बुढाथोकी       
मिति:२०७७/०३/३०
रतुवामाइ//मोरङ्ग

यहाँ कमेन्ट गर्नुहोस्