१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा पुष्पलाल स्मृति दिवसको अवसरमा फ्रुटी वितरण

Khabarsabaiko बुधबार, साउन ०७, २०७७

हुम्ला– नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महा सचिव पुष्पलालको ४२ औ स्मृति दिवसको अवसरमा हुम्लामा थुनुवा र अस्पातलमा फ्रुटी वितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा हुम्लाले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवा र जिल्ला अस्पतालमा रहेका बिरामीलाई फुटी वितरण गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवसको अवसर पारेर जिल्ला अस्पताल हुम्लामा रहेका १० जना बिरामी र प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवालाई फ्रुटी र मास्क वितरण गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाका जिल्ला अध्यक्ष लालकेश जैसीले जानकारी दिए ।
विगतका वर्षहरुमा अन्य कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाई पनि यो वर्ष कोरोनाको कहरले कुनै कार्यक्रम नगरी बिरामी र थुनुवालाई फुटी वितरण गरेर स्मृति दिवस मनाएको अध्यक्ष जैसीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाका केन्दीय सदस्य विजय भणडरीका अनुसार पार्टी कार्यालयमा पुष्पाल श्रेष्ठको तस्बिरमा अविर र माल्यअर्णण समेत गरी जिल्ला अस्पताल हुम्लामा रहेका बिरामी र प्रहरी भित्रका थुनुवालाई मास्क र फ्रुटी हस्तान्तरण् गरेको बताए ।

विस १९८१ असार १५ गते पिता भक्तलाल र माता तुल्सीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका पुष्पलालको निधन विस २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्