०४ बैशाख २०८१, मंगलबार

यदि,म बतास भए भने !

Khabarsabaiko बुधबार, साउन ०७, २०७७

यी घनाजङ्गगलहरुहुदै

सबैभन्दा पहिला म

बालुवाटार र सिङ्गोदरवारभित्र पसेर
त्यहाको छानु उठाउनेछु
र नग्याउनेछु नेताहरुलाइ
यदि बतास भए भने
म त्यो आकासको रबि झै
पर्दाफास गरेर ल्याउनेछु
प्रकाश नभएका पृथ्बिका अन्धकारहरु
या,
पत्रकारहरु झै गरेर समचारहरु
देखाउनेछु यो देसलाइ
मान्छेहरुको कानभित्र पसेर राज सुनाउनेछु
र उढाउनेछु पुलिस जस्तै गरेर
कारागार पुर्याउनेछु
भ्रस्टचार अनि
अखङ्गख्य अपराधका गुनेगारहरुलाइ
यदि म बतास भए भने
तर,
म रुखका पात र हागाहरुद्वारा निर्देशित हुनेछु
जहाँ,सजिव शरीर भएको स्थिर रुखहरुका
निर्जिब हागाहरुबाट
मलाइ निर्देशन आइरहनेछन
र तिनै हागाहरुले मलाइ पठाइरहनेछन
उन्मुक्तिका आदेसहरु
र म जानेछु उनिहरुलाइ छाडेर
सहरबाट बेगवान आधि तुफानको
बिमानमा बसेर
गाउँतर्फको सफरमा
ढोकाहरु ढकढकाउदै
र गाउका हरेक सुकुम्बाशिबस्ती र
गरिब झुपडिहरुमा छिरेर
जानेछु डाका झै
अनि नङ्गग्याएर लानेछु
एउटा सिङ्गो गाउलाइ ।
यदि म बतास भए भने
मेरो रहरभन्दा पर
सबैभन्दा पहिला
म करले भत्काउनेछु
गरिबका घरहरु ।
यदि म बतास भए भने
मलाई पर्मेश्वरले
पृथ्बिमा पर्यटनमन्त्री बनाउनेछन
र म पूरा पृथ्बी घुम्नेछु
टुरिस्ट भिसाहरुमा
जहाँ मलाइ यो बिस्व ब्रह्माण्ड
घुम्नलाइ कुनै पैसा लाग्ने छैन
यदि म बतास भए भने
जरुर बायुयानमा राखेर
हजारौ हजार रकम लिएर
ल्याउने छु
बैदेशिक रोजगारमा गएका
अनि अलपत्र भएका
नेपाली कामदार
र गरिब मजदुरहरुलाइ
यदि म हावा भए भने
बच्चाहरुले मलाइ
सजाएर बेलुनमा राख्नेछन
र फुलाएर आकासमा उढाउनेछन
र प्रचण्ड घामको रापले तात्तिएर
जलिरहेका कसैका शान्त सपनाहरु झै गरेर
म फुट्नेछु सकिनेछु
र बिलाउनेछु  बायुमण्डलहरुमै ।
एकछिन घडिमा समय र
सुइको चल रोकिनेछ
र शिर्शिर रितुहरुमा झै
जङ्गगलहरु नाङ्गिएर पत्झर हुनेछन
गगनमा उढिरहेका चराहरु बेहोस्सिएर
तल जमिनमा खस्नेछन
जुनकिरीले प्रकाश खोजे झै
हो,सबैजना मलाइ नै खोजिरहेका हुनेछन ।
यदि म बतास भए भने
मलाइ यादहरुमा नखोज्नु
मलाइ कुनै सान्त समुन्द्र नदिकिनार
अनि घनाजङ्गल पहाड
र त्यो निलो आकासमा खोज्नु
म कुनै अन्जान फकिरहरु झै
त्यही सयर गरिरहेको हुनेछु ।
यदि म बतास भए भने
म भारि सुवासहरु झै गरेर
गुरासमा गएर बस्नेछु
अनि हल्लाउनेछु
हिमाल
र हल्लाउनेछु
भुकम्पहरु झै गरेर सिङ्गो भिरपाखा
पखेरा र पहाडहरुलाइ
जहाँ ,खस्नेछन केही भर्जिन फुलहरु ।
टिपेर पहिलो पटक जस्ले सजाउनेछ
सिरमा तिनिहरुलाई
उनि मेरि पृयासी हुनेछिन ।
यदि म बतास भए भने
गुलाबको बोटका पातहरुमा
म सुस्केरा हालिरहेको हुनेछु
र ओठहरुले बसन्ती पवनका सुस्केराहरु सुसेल्दै
कोयल झै गित गाइरहेको हुनेछु
र पठाइरहेको हुनेछु तिमिलाइ
केही सुमधुर धुनहरु
अनि तिमी त्यही गुलाबको बोट मुन्तिर उभिएर
मलाइ सुनिरहेकि हुनेछौ
र त्यही गुलाबका पातहरु झै गरेर
सरसर फरफराइरहेका हुनेछन
तिम्रा केशराशीहरु …………
यदि,म बतास भए भने
र मेरा निमित्त सबैभन्दा खुशिको खबर
बरपिपलमा शितल स्पर्शहरुसङ्गै
स्वप्निल स्वप्नभाषमा
सुतिरहेका थकित मज्दुरकिसानका परिबेशहरु झै
म सबैभन्दा पहिला त्यो तिम्रो देसमा आउनेछु
मधुमासमा
तिम्रा सपनाहरुमा
तिम्रो गहिराइमा जम्न
तिम्रो अटल सौन्दर्यतामा रम्न म आउनेछु
अनि तिमिलाइ सुटुक्क छोएर
हराउनेछु म तेतैकतै ।
र बिलाउनेछु नुन झै गरेर म तिम्रो सागरको छालमा ।
तर,तिमिले कैले पनि
थहा पाउने छैनहु मलाइ
म आएको मैले तिमिलाइ समाएको
अनि म भएको र म गएको
सबैसबै अपरिचित हुनेछन त्यहा।
यदि, म बतास भए भने
तिमी मलाइ आफ्ना हरेक
सासहरुमा खोज्नु
कुनै अमर सहिदहरु झै गरेर
म त्यही बसिरहेको हुनेछु ।
                        ✍️बिद्रोही कवि सुजन बुढाथोकी
                        //Ratuwamai/८/morang

यहाँ कमेन्ट गर्नुहोस्